१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

ललितपुर मेयर कपमा एपीएफको दोस्रो जित

काठमाडौँ — विभागीय टोली एपीएफले काठमाडौंमा जारी ललितपुर मेयर कप क्रिकेटमा लगातार दोस्रो जित निकाल्दा ललितपुर मेयर–११ ले पहिलो जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न दिनको पहिलो खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ३७ रनले पराजित गर्दै एपीएफले लगातार दोस्रो जित निकालेको हो । एपीएफले दिएको १ सय २८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सुदूरपश्चिम १९ ओभरमा अलआउट हुँदै ९० रनमा समेटिएको थियो ।

सुदूरपश्चिमका लागि सुनिता लुहारले सर्वाधिक २३ रन बनाउँदा डोली भट्टले १६ रन जोड्दा रेवती धामीले १२ रन जोड्नु बाहेक अन्य टोली राम्रो स्कोर छुन सकेनन् । एपीएफकी बिनु बुढाले ३ विकेट लिईन । यस्तै सिता रानामगर र सुमन विष्टले २/२ विकेट तथा रेखा रावल र शुष्मा श्रेष्ठले एक एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा २ विकेट गुमाएर १ सय २७ रन बनाएको थियो । एपीएफका लागि ज्योति पाण्डेले ५९ रनको अर्शतकीय इनिङ्स खेलिन् । यस्तै सरिता मगरले अविजित ३५ रन जोड्दा इन्दु बर्मा ४ रनमा अविजित रहिन् ।

प्रतियोगिता अन्तर्गत दिनको दोस्रो खेलमा मेयर्स–११ ले लुम्बिनी प्रदेशलाई २७ रनले पराजित गर्दै पहिलो जित निकालेको हो । त्रिवि मैदानमा नै भएको खेलमा १ सय ४५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ५ विकेट गुमाएर १ सता १७ रन मात्र बनाउँदा २७ रनले पराजित भएको हो ।

प्रकाशित : चैत्र २२, २०७७ १९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?