रोनाल्डोले जोगाए युभेन्ट्सलाई

एजेन्सी

मिलान — खेलको अन्त्यतिर क्रिस्टियानो रोनाल्डोले गोल गरेपछि इटालीको सिरी ए मा युभेन्ट्स शनिबार हारबाट जोगिएको छ र टुरिनोसँग २–२ को बराबरी खेलेको छ ।

रोनाल्डोले जोगाए युभेन्ट्सलाई

युभेन्ट्स २–१ ले पछाडि रहेको स्थितिमा रोनाल्डोले एक अंकका लागि गोल गरेका हुन् । शनिबारकै अन्य प्रमुख नतिजामा शीर्ष स्थानमा रहेको इन्टर मिलानले बोलोग्नालाई १–० ले हरायो ।

एसी मिलानले भने साम्पडोरियासँग १–१ को बराबरी खेल्यो । शीर्ष स्थानमा इन्टरको ६८ अंक छ । त्यसपछि मिलानको ६० र युभेन्ट्सको ५८ अंक छ ।

प्रकाशित : चैत्र २२, २०७७ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?