रियललाई जिताउने बेन्जेमा लयमा

एजेन्सी

म्याड्रिड — स्पेनी ला लिगामा करिम बेन्जेमा लयमा रहे र उनको प्रदर्शनको मदतले रियल म्याड्रिडले आइबरलाई शनिबार २–० ले हरायो । त्यसमा बेन्जेमासँगै मार्को एसेनसियोले गोल गरे ।

रियललाई जिताउने बेन्जेमा लयमा

फ्रान्सेली खेलाडी बेन्जेमाको भने यो सिजनको २४ औं व्यक्तिगत गोल रह्यो । यो जितपछि रियल र शीर्ष स्थानमा रहेको एटलेटिको म्याड्रिडसँगको दूरी तीन अंकमा छोटिएको छ ।

शनिबारकै अन्य खेलमा भिल्लारियलले ग्रेनेडालाई ३–० ले हरायो भने ओसासुना र गेटाफेले गोलरहित बराबरी खेले ।

प्रकाशित : चैत्र २२, २०७७ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?