कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सहकारी कप बुद्धिचाल आजदेखि

काठमाडौँ — ललितपुर स्पोर्ट्स क्लब र ताम्राकार समाजको संयुक्त आयोजनामा शुक्रबारदेखि गणेशमान सिंह स्मृति फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता हुने भएको छ ।

जावलाखेलस्थित ताम्राकार समाज भवनमा हुने सर्वाधिक पुरस्कार राशि ५ लाख ६१ हजार ४ सय रुपैयाँको आठौं सहकारी कप प्रतियोगिता विजेताले याहामा स्यालुटो मोटरसाइकल पुरस्कार हात पार्नेछन् ।

उपविजेताले ६० हजार हजार प्राप्त गर्नेछन् । सहकारी दिवस मूल समारोह समिति ललितपुरको समन्वयमा हुने प्रतियोगिता लिगकम नकआउटका आधारमा खेलाइने छ । स्पर्धामा १ सय ५० भन्दा बढी खेलाडीले भाग लिने संयोजक राजु ताम्राकारले बताए ।

प्रकाशित : चैत्र २०, २०७७ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?