१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

रक एक्स आई वालिङ (बी) लाई इस्लामपुर क्रिकेट कपको उपाधि

माधव अर्याल

पाल्पा — चौथो इस्लामपुर कप क्रिकेट प्रतियोगिताको उपाधि रक एक्स आई वालिङ (बी) ले हात पारेको छ ।

रक एक्स आई वालिङ (बी) लाई इस्लामपुर क्रिकेट कपको उपाधि

इस्लामिक सक्रिय युवा समाज रामपुर नगरपालिका–४, ले आयोजना गरेको प्रतियोगिताको बुधबार सम्पन्न फाइनलमा न्यु क्रियटिभ युथ क्लब वालिङलाई ९ विकेटले पराजित गर्दै रक एक्स आई वालिङ (बी) ले उपाधि जितेको हो ।

टस जितेर ब्याटिङमा उत्रेको न्यु क्रियटिभ युथ क्लबले १४ ओभरमा ७ विकेट गुमाएर १ सय ३७ रन जोड्यो । उसका लागि विशाल कोइरालाले ४३ रनको योगदान दिए । विवेक भण्डारीले २६ रन, अश्विनी राना १४, विमल भण्डारी २०, केशव पौडेलले २४ रन जोडे । बलिङतर्फ रक एक्स आईका याम क्षेत्रीले तीन, धीरज शाहीले दुई विकेट लिए ।

१ सय ३८ रनको लक्ष्य लिएर मैदान उत्रेको रक एक्स आईले १२ ओभर २ बलमा एक विकेट गुमाएर जित हात पार्‍यो । रक एक्स आईका लागि विष्णु पौडेलले ७०, सन्दीप क्षेत्रीले ३६ र अमृत थापाले १५ रनको योगदान गरे । बलिङतर्फ क्रियटिभका अश्विनी रानाले एक विकेट लिए । प्रतियोगिताअन्तर्गत रामपुर नगरपालिका–८, ले अनुशासित टिमको पुरस्कार पायो ।

प्रतियोगितामा उत्कृष्ट बलर न्यु क्रियटिभ युथ क्लब वालिङका खगेन्द्र थापा, उत्कृष्ट ब्याट्सम्यान एवं म्यान अफ द सिरिज न्यु क्रियटिभ युथ क्लबका अश्विनी राना र इमर्जिङ प्लयेरको अवार्ड रामपुर–८, का पूर्ण घर्तीले पाए ।

प्रतियोगिताको विजेताले नगद १ लाख, उपविजेताले ५० हजार र अनुशासित टिमले ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाए । प्रतियोगितामा पाल्पा, स्याङ्जा, तनहुँ, नवलपरासी, कास्की, रुपन्देही, अर्घाखाँची, गुल्मी जिल्लाका १३ समूहले भाग लिएका थिए ।

प्रकाशित : चैत्र १९, २०७७ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?