कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

त्रिदेशीय कप विजेता खेलाडीलाई एन्फाले एक–एक लाख दिने

रासस

काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा)ले त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीका खेलाडीलाई एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।

त्रिदेशीय कप विजेता खेलाडीलाई एन्फाले एक–एक लाख दिने

एन्फाले मंगलबार विज्ञप्ति जारी गर्दै पुरस्कार दिने घोषणा गरेको हो । दशरथ रंगशालामा सोमबार सम्पन्न फाइनल खेलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । नेपालका लागि सन्जोक राई र विशाल राईले एकरएक गोल गरेका थिए ।

बंगलादेशका लागि सान्त्वना गोल महबुबुर रहमानले गरेका थिए । नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको हो । विजेता भएबापत नेपाली टोलीले पाँच हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्‍यो भने उपविजेता बंगलादेशले तीन हजार डलर पुरस्कार प्राप्त गरेको छ ।

प्रकाशित : चैत्र १७, २०७७ १९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?