२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

थ्री नेसन्स कपको उपाधि नेपाललाई

फाइनलमा नेपालले बंगलादेशलाई २-१ ले हरायो
हिमेश

काठमाडौँ — नेपाली फुटबल इतिहासमा सोमबार फेरि एक अर्को सफलता थपिएको छ र यसलाई धेरै पछिसम्म सम्झना गरिनेछ । नेपालले दशरथ रंगशालामा भएको फाइनलमा बंगलादेशलाई २–१ ले हराएर थ्री नेसन्सकप जितेको छ । नेपालका लागि सन्जोग राई र विशाल राईले पहिलो हाफमा एक-एक गोल गरे ।

थ्री नेसन्स कपको उपाधि नेपाललाई

नेपालले नेपाली भूमिमा जितेको यो फुटबलको दोस्रो उपाधि मात्र हो । यसअघि सन् १९८४ मा उनले काठमाडौंमा भएको पहिलो दक्षिण एसियाली खेलकुदका पुरुषतर्फ स्वर्ण जितेको थियो र यसको ३७ वर्षपछि अर्को उपाधि जित्न सफल भएको छ । अन्तर्राष्ट्रिय फुटबलमा नेपालले जितेको यो समग्रमा पाँचौं उपाधि हो ।

नेपालले सन् १९८४ को दक्षिण एसियाली खेलकुदसँग सन् १९९३ मा यही प्रतियोगितामा स्वर्ण जितेको थियो । त्यसपछि सन् २०१६ मा नेपालले बंगबन्धु गोल्डकप र एएफसी सोलिडारिटीकप जितेको थियो ।

फाइनलको पहिलो हाफमा बंगलादेशमाथि लगातार आक्रमण बुनेको नेपालले १८ औं मिनेटमा गोल गरेको हो । सुनिल बलको कर्नर बंगलादेशको डिफेन्सले राम्रोसँग क्लियर गर्न नसकेपछि सन्जोगले गरेको प्रहार प्रतिद्वन्द्वी खेलाडीलाई छल्दै गोलमा परिणत भएको थियो । यो सन्जोगको पहिलो व्यक्तिगत अन्तर्राष्ट्रिय गोल हो ।

यस्तै नेपालले सात खेलपछि पहिलो गोल हात पार्न पनि सफल भएको छ । नेपालले अन्तिम पटक सन् २०१९ मा चिनियाँ ताइपेयीविरुद्ध गोल गरेको थियो । खेलको ३० औं मिनेटमा अञ्जन विष्टले बंगलादेशी गोलरक्षक अनिसुर रहमान अगाडि बढेको बेला गरेको चिप प्रहार पोस्टको ठीकमाथिबाट बाहिरिएको थियो ।


नेपालको दोस्रो गोल विशालको नाममा रह्यो र यो ४२ औं मिनेटमा सम्भव भएको थियो । बंगलादेशी गोलरक्षक रहमानविरुद्ध वान भर्सेस वानमा उनले सटिक गोल गरे । रञ्जित धिमालले सिर्जना गरेको पासमा संजोगले ‘हल्का टच’ गर्दै पास मिलाएका थिए । विशालको यो दोस्रो गोल मात्र हो ।

दोस्रो हाफमा भने नेपालले लगातार दबाब कायम राख्न सफल भयो । पूरा खेल अवधिमा बंगलादेशले नेपालमाथि पर्याप्त गतिलो आक्रमण बुन्न सकेन्, तर ८३ औं मिनेटमा मेहबुब रहेमानले हेडबाट गोल गरे । कप्तान जमाल भुयाको कर्नरमा यो गोल भएको हो ।


नेपालले फाइनलका लागि सुरुआती टिममा दुई परिवर्तन गरेको थियो । विशाल राई र सुनिल बलले सुरुदेखि खेले ।

प्रकाशित : चैत्र १६, २०७७ १९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?