कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

विश्‍वकप छनोट : फ्रान्स, स्पेन, इंग्ल्यान्ड, इटली र जर्मनी विजयी

एजेन्सी

पेरिस — युरोपेली विश्वकप छनोटमा आइतबार सबै ठूला टिम विजयी भएका छन् । विश्वकप च्याम्पियन फ्रान्सले कजाकस्तानलाई २–० ले हरायो र त्यसमा ओसमन डेम्बेले र सर्जी मलायीले गोल गरे ।

विश्‍वकप छनोट : फ्रान्स, स्पेन, इंग्ल्यान्ड, इटली र जर्मनी विजयी

डानी ओल्मोले इन्ज्युरी समयमा गरेको गोलमा स्पेनले भने जर्जियालाई २–१ ले पराजित गर्‍यो । कप्तान ह्यारी केन र मेसन माउन्टको गोलमा इंग्ल्यान्डले अल्बानियालाई २–० ले पन्छायो ।

यस्तै इटालीले बुल्गेरियालाई २–० र जर्मनीले रोमानियालाई १–० ले हरायो । डेनमार्कले भने मोल्डोभामाथि ८–० को ठूलो अन्तरको जित निकाल्यो ।

प्रकाशित : चैत्र १६, २०७७ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?