भारतले जित्यो इंग्ल्यान्डविरुद्धको वान डे सिरिज

काठमाडौँ — साम कुरानको उत्कृष्ट प्रदर्शनका बाबजुद भारतले इंग्ल्यान्डलाई तेस्रो खेलमा आइतबार ७ रनले हराएर वान डे सिरिज २–१ ले जितेको छ ।

भारतले जित्यो इंग्ल्यान्डविरुद्धको वान डे सिरिज

जितका लागि ३ सय ३० रनको लक्ष्य पाएको इंग्ल्यान्ड ३१औं ओभरमा ७ विकेट गुमाएर २ सय रनको स्थितिमा थियो ।

कुरानले आक्रामक भएर ९५ रन बनाए र नटआउट रहे । उनले अदिल रसिदसँग ५७ र मार्क उडसँग ६० रनको साझेदारी गरे । तर पनि इंग्ल्यान्ड जितसम्म पुग्न सकेन र टिमले ९ विकेटको क्षतिमा ३ सय २२ रन मात्र बनाउन सक्यो ।

भारतका लागि दबाबमा टी नटराजनले उत्कृष्ट बलिङ गरे । यसअघि भारत ४८.२ ओभरमा ३ सय २९ रन बनाएर अलआउट भएको थियो । त्यसमा शिखर धवनले ६७, ऋषव पन्तले ७८ र हार्दिक पान्ड्याले ६४ रन बनाए ।

प्रकाशित : चैत्र १६, २०७७ ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?