१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

होराइजन बास्केटबल : आर्मी र इमोर्टल सेमिफाइनलमा

सुनसरी — धरानको होराइजन क्लबद्वारा आयोजित चार दिने पाँचौं राष्ट्रिय होराइजन बास्केटबल प्रतियोगिताका आइतबार सम्पन्न दुई खेलमा काठमाडौंको आर्मी क्लब र धरानको इमोर्टल बास्केटबल क्लब सेमीफाइनलमा पुगेका छन् ।

होराइजन बास्केटबल : आर्मी र इमोर्टल सेमिफाइनलमा

धरान–१७ स्थित श्रीमाविको गोर्खा भूपूसैनिक बास्केटबल कोर्टमा भएको पहिलो खेलमा इमोर्टलले धरानकै युवा जगृती बास्केटबल क्लबविरुद्ध ८१–६१ स्कोरले पराजित गरेको थियो । प्रत्येक क्वाटरमा दुवै टिमले १७–१७, १५–१६, २३–११ र २६–१७ अंक जोडेका थिए । खेलमा युवा जागृत्तीका सुजन लिम्बुले व्यक्तिगत २७ स्कोर गर्दै नगद १५ सय रुपैयाँको सेन्ट जोसेफ मस्ट भ्यालुएबल प्लेयर पुरस्कार पाए ।

यसैगरी दोश्रो खेलमा काठमाण्डौको आइएसए क्लबलाई १०४–४९ स्कोरले पराजित गर्दै आर्मी क्लब विजयी भयो । उक्त खेलमा आर्मी र आइएसएले २१–१३, ३१–६, ३५–१३ र १७–१७ अंक जोडेका थिए । खेलका एमभिपी आर्मीका सिद्धार्थ महर्जन घोषित भए । बास्केटबलको प्रथम राष्ट्रिय प्रतियोगिता सम्पन्न गर्न धरान–१७ समाज हङकङको मुख्य प्रायोजन र टर्की नेपाली समाज अंकाराको सह प्रायोजन गरेको छ ।

सोमबारको सेमिफाइनल खेलहरु आर्मी र तरहरा तथा इमोर्टल र रुपन्देही बास्केटबल संघबीच स्पर्धा हुनेछ ।

प्रकाशित : चैत्र १५, २०७७ १९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?