३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

इंग्ल्यान्ड र जर्मनीको सजिलो जित

एजेन्सी

पेरिस — युरोपेली विश्वकप छनोटमा इंग्ल्यान्ड र जर्मनीले बिहीबार सजिलो जित निकालेका छन् । इंग्ल्यान्डले सान मारिनोलाई ५–० ले हरायो । त्यसमा जेम्स वार्ड र ओली वाट्किन्सनले इंग्ल्यान्डका लागि पहिलोपल्ट गोल गरे ।

इंग्ल्यान्ड र जर्मनीको सजिलो जित

यस्तै जर्मनीले आइसल्यान्डलाई ३–० ले पराजित गर्‍यो । अर्को युरोपेली फुटबल महाशक्ति इटालीले पनि उत्तरी आयरल्यान्डलाई २–० ले हराउन संघर्ष गर्नुपरेन ।

यस्तै स्थिति भने स्पेनको रहेन । स्पेनले ग्रिससँग १–१ को बराबरी खेल्यो । अन्य प्रमुख खेलमा स्विटजरल्यान्डले बुल्गेरियालाई ३–१, डेनमार्कले इजरायललाई २–० र स्विडेनले जर्जियालाई १–० ले हराए ।



प्रकाशित : चैत्र १३, २०७७ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?