१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

धरान ओपन गल्फ सुरु : नीरज र भुवन अगाडि

सुनसरी — धरान गल्फ कोर्समा बुधबारदेखि सूर्य नेपाल प्रथम धरान ओपन गल्फ प्रतियोगितामा धरानका स्थानीय प्रोटर्न गल्फर नीरज तामाङ र नम्बर वान प्रो गल्फर भुवन नगरकोटी शीर्षस्थानमा छन् । उनीहरूले समान ३ अन्डर ६७ खेल्दै अग्रता कायम गरे ।

धरान ओपन गल्फ सुरु : नीरज र भुवन अगाडि

पार ७० को धरान गल्फ कोर्समा स्ट्रोक प्लेका आधारमा सुरु धरान ओपन गल्फमा नीरजले ४ अन्डर ३२ खेल्दा ब्याकनाइन १ ओभर ३५ खेले भने गल्फर भुवनले फ्रन्टनाइन पाँच अन्डर ३१ स्ट्रोक र ब्याकनाइन २ ओभर ३६ खेले । नीरजले तेह्रौं र अठारौं होलमा बोगी खेपे पनि चौथो, छैटौं, सातौं र नवौं, बाह्रौं र सोह्रौं होलमा बर्डी गरे । भुवनले भने दोस्रो, पाँचौं, सातौं, नवौं, र दसौं होलमा बर्डिज गर्न सफल रहे । चौधौं होलमा बोगी खेप्दा सत्रौं होलमा डब्बल बोगी खेपे । स्थानीय गल्फर बलभद्र राई, शुक्रबहादुर राई र जयराम श्रेष्ठले लेभल पार ७० खेलेका छन् । बलभद्रको फ्रन्टनाइन लेभल पार ३६ खेल्दा ब्याकनाइनमा पनि लेभल पार ३४ बनाए । बलभद्रले पहिलो, चौथो र चौंधौं होलमा बोगी खेप्दा तेस्रो, पाँचौं र पन्ध्रौं होलमा बर्डिज गरे ।

शुक्रले फ्रन्टनाइन एक ओभर ३७ खेल्दा ब्याकनाइनमा १ अन्डर ३३ खेलेर टाइ गरे । उनले पहिलो, चौथो, नवौं र दसौं होलमा बोगी खेपे भने पाँचौं, छैटौं र एघारौं होलमा बर्डिज गर्दै लेभल पार गरे । प्रो. जयराम फ्रन्टनाइनमा २ ओभर ३८ स्ट्रोक गर्दा ब्याकनाइनमा २ अन्डर ३२ खेल्दै टाइ गर्न सफल रहे । उनले पहिलो, दोस्रो, तेस्रो, नवौं, तेस्रो र अठारौं होलमा बर्डिज गरे । चौथो, पाँचौं, छैटौं, आठौं, र एघारौं होलमा बोगी खेपे । उनले सातौं होलमा भने डब्बल बोगी खेपेका थिए । प्रो गल्फर सूर्यप्रसाद शर्माले १ ओभर ७१ स्ट्रोक गर्दै फ्रन्टनाइनमा एक अन्डर ३५ खेल्दा ब्याकनाइन २ ओभर ३६ खेलेका थिए । प्रो सञ्जय लामा, दीपक आचार्य, कृष्णमान राजबाहक र एमेच्योर युवराज भुजेल टाइ गर्दै चौथो स्थानमा छन् । उनीहरूले २ ओभर ७२ स्ट्रोक खेले । प्रो रवि खड्का र दिनेश प्रजापतिले ३ ओभर ७३ खेले । एमेच्योरतर्फ राजकुमार राईले ५ ओभर ७५ खेल्दै दोस्रोमा रहँदा धरान गल्फ क्लबका एमेच्योर जितेन्द्र राईले ६ ओभर ७६ खेलेका छन् ।

कुल ४३ गल्फरमध्ये ११ एमेच्योर र ३२ प्रोफेसनल गल्फरले प्रतिस्पर्धा गरिरहेको आयोजक नेपाल गल्फ संघ र धरान गल्फ क्लबले जनाएका छन् । ३६ होलको समाप्तिमा कटका आधारमा २१ जना प्रो र ६ एमेच्योर ५४ होलका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितालाई धरान उपमहानगरपालिकाले सहयोग गरेको छ । व्यावसायिक रूपमा पहिलोपटक धरान गल्फ क्लबले व्यावसायिक गल्फरलाई भिडन्त गराएको हो । उपाधि विजेताले ९० हजार रुपैयाँसहित रनिङ ट्रफी हात पार्नेछन् । दोस्रो हुनेले ६० हजार, तेस्रोले ४५ हजार, चौथोले ३३ हजार, पाँचौंले २७ हजार पाउनेछन् ।

प्रकाशित : चैत्र १२, २०७७ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?