२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

चैत २१ देखि बलियो नेपाल कप हुने

काठमाडौँ — बलियो नेपाल कप पुरुष यू–१६ क्रिकेट प्रतियोगिता हुने भएको छ । क्वीन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिको आयोजना र बलियो नेपालको पोषण अभियानको सहयोगमा हुने प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्लाको सहभागिता रहने छ ।

चैत २१ देखि बलियो नेपाल कप हुने

विश्वका धनाढ्यमध्येका एक विल गेट्सको विल एन्ड मेलिन्डा गेट्स फाउन्डेशनले चौधरी फाउन्डेशनलाई अनुदान सहायता प्रदान गरेको रकमबाट प्रतियोगिता आयोजना गर्न लागिएको हो । नेपाललाई सन् २०३९ सम्म विश्वकप जिताउने नाराका साथ प्रतियोगिता घोषणा गरिएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का र नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह बलियो नेपाल पोषण कार्यक्रमका सदस्य छन् ।

पारसले एउटा उद्देश्य बनाएमा लक्ष्य पुग्न सजिलो हुने जनाउँदै पौष्टिक आहार र क्रिकेटको सहकार्यले राम्रो भविष्य संकेत गरेको जनाए । बैंकर शाहले गन्तव्यमा पुग्न उद्देश्य बनाउनु पर्ने जनाए । बलियो नेपाल पोषण कार्यक्रमका प्रमुख कार्यकारी अधिकृत अतुल उपाध्यायले नेपालमा सुरक्षित र पौष्टिक उत्पादनहरुको उपलब्धता सर्वसुलभ बनाउन र स्वस्थ उत्पादनहरुको माग वृद्धि गर्ने उद्देश्यका साथ स्थापित बलियो नेपालले क्रिकेटबाट लक्ष्यमा पुगिने आशा लिए ।

बिहीबारदेखि आइतबारसम्म लुम्बिनी प्रदेशको आठै जिल्लामा ट्यालेन्ट हन्टबाट खेलाडी छनोट गरिने क्वीन्स इभेन्ट्सका प्रबन्ध निर्देशक छुम्बी लामाले बताए । चैत २१ देखि २८ सम्म दाङको लमहीमा प्रतियोगिता हुनेछ । आयोजकले सबै टिमको सम्पूर्ण खर्च बेहोर्ने लामाले बताए । त्यसका लागि केही स्थानमा यसअघि नै क्रिकेट किट्स प्रदान गरिसकिएको उनले जनाए ।

प्रकाशित : चैत्र ११, २०७७ २०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?