२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

मनकामना युवाको पहिलो जित

रुपा गहतराज

नेपालगन्ज — मनकामना युवा क्लब रौतहटले मंगलबार एन्फा प्रेसिडेन्ट लिग फुटबलमा कर्णाली प्रदेश च्याम्पियन लेकाली युवा क्लब जुम्लालाई १–० ले पराजित गरेको छ ।

मनकामना युवाको पहिलो जित

प्रदेश २ को च्याम्पियन मनकामनाको यो पहिलो जित हो । मनकामनाका भुवन बस्नेतले ३७ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । उनले पेनाल्टीलाई गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाएका थिए । लेकालीले पनि अहिलेसम्म जित हासिल गर्न सकेको छैन । खेलमा लेकालीका कप्तान युद्ध शाही म्यान अफ द म्याचबाट पुरस्कृत भए ।

यसअघि लगातार हार सामना गरेको मनकामनाले मंगलबार लेकालीविरुद्ध सम्हालिएर खेलेको थियो । मनकामना युवाले स्टार सिटी, धम्बोझी क्लब र धादिङ समाजसँगका खेलमा समान ३–० ले गुमाएको थियो । लेकाली युवाले भने झापाको सैनिक युथ क्लबसँग १–१ को बराबरी खेल्दै १ अंक बटुलेको थियो । लेकालीले धादिङ समाजसँग ९–१ ले र त्रिवेणी युवा क्लब लमजुङसँग २–१ ले खेल गुमाएको हो ।


प्रकाशित : चैत्र ११, २०७७ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?