बायर्नको प्रतिद्वन्द्वी पीएसजी, रियलले लिभरपुलविरुद्ध खेल्ने


पेरिस — युरोपेली च्याम्पियन्स लिगको शुक्रबार अन्तिम आठका ड्र निकालिएको छ । जसमा एउटा खेल अघिल्लो संस्करणको फाइनलको पुनरावृत्ति रहेको छ । डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिकले पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग खेल्ने भएको हो ।


यस्तै अर्को खेलमा दुई पूर्व विजेता रियल म्याड्रिड र लिभरपुल भिड्ने छन् । अन्य खेलमा म्यानचेस्टर सिटीले बोरुसिया डर्टमन्ड तथा पोर्टोले चेल्सीको सामना गर्नेछ ।
अन्तिम आठको पहिलो लेगका खेल अप्रिल ६ र ७ मा हुनेछ । फाइनल भने इस्तानबुलमा मे २९ मा हुनेछ ।























