१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

प्रेसिडेन्ट लिग : स्टार सिटीको लगातार जित

रूपा गहतराज

नेपालगन्ज — सुदूरपश्चिमको स्टार सिटी युवा क्लबले एन्फा प्रेसिडेन्ट लिग–२०७७ मा लगातार दोस्रो जित हासिल गरेको छ ।

बुधबार नेपालगन्ज रंगशालामा भएको खेलमा स्टार सिटीले प्रदेश नम्बर १ को च्याम्पियन सैनिक युथ क्लबलाई २–१ ले पराजित गरेको छ । स्टारको तर्फबाट कुलदिप कार्कीले पेनाल्टीमार्फत ३८ मिनेट र रुपबहादुर लामाले गोल गरेका थिए ।

सैनिकका जीवन गुरुङले ४० मिनेटमा गोल गरेका थिए । खेलमा म्यान अफ द म्याच सैनिका गोलकिपर एवं कप्तान किशोर गिरी घोषित भए ।

सुदूरपश्चिमको स्टार सिटीले दुई खेल जित्दै ६ अंक जोड्न सफल भएको छ । स्टारले पहिलो खेलमा प्रदेश नम्बर २ को मनकामना युवा क्लबलाई ३–० ले हराएको थियो ।

१५ चैतसम्म चल्ने प्रतियोगितामा प्रदेश नम्बर १ को सैनिक फुटबल क्लब झापा, प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहट, प्रदेश नम्बर ३ को धादिङ समाज धादिङ, प्रदेश नम्बर ४ बाट त्रिवेणी युवा क्लब लमजुङ, लुम्बिनी प्रदेशबाट धम्बोझी युवा क्लब बाँके, प्रदेश नम्बर ६ को लेकाली युवा क्लब जुम्ला र सुदूरपश्चिम प्रदेशको स्टार सिटी युवा क्लब कैलाली गरी लिगमा ७ वटा प्रदेशले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउनेछन् । यस प्रतियोगिताको शीर्ष चार टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित : चैत्र ४, २०७७ १९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?