१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

भारोत्तोलनमा प्रहरीको वर्चस्व

अवधेशकुमार झा

राजविराव — विभागीय टोली नेपाल प्रहरी सप्तरीको राजविराजमा सोमबार सम्पन्न भारोत्तोलनको राष्ट्रिय प्रतियोगितामा १४ स्वर्ण जित्दै वर्चस्व जमाएका छन् ।

भारोत्तोलनका राष्ट्रिय खेलाडी देवसुन्दर यादवको स्मृतिमा आयोजित प्रथम राष्ट्रिय महिला एवं पुरुष भारोत्तोलन प्रतियोगितामा १४ स्वर्ण जित्दै नेपाल प्रहरी प्रथम भएको हो ।

सात स्वण जित्दै बर्दिया दोश्रो तथा सामान ४/४ स्वर्ण जित्दै नेपाली सेना, कञ्चनपुर र आयोजक सप्तरी तेश्रो स्थान प्राप्त गरेको छ । प्रतियोगिता अन्तर्गत आइतबार मध्यरातिसम्म खेल भएको थियो ।

प्रतियोगिताको अन्तिम नतिजा सोमबार सार्वजनिक गरिएको छ । प्रतियोगितामा पुरुषतर्फ कञ्चनपुरका सुभास उपाध्याय ‘स्ट्रोङगेस्ट म्यान अफ द टुर्नामेन्ट’ तथा सोही जिल्लाका अशोकसिंह भण्डारी ‘राइजिङ प्लेयर म्यान अफ टुर्नामेन्ट’ घोषित भए । त्यस्तै महिलातर्फ नेपाल प्रहरीकी तारा पुन ‘स्ट्रोङगेस्ट वुमन अफ द टुर्नामेन्ट’ तथा सप्तरीकी सरिता यादव ‘राइजिङ प्लेयर वुमन अफ टुर्नामेन्ट’ घोषित भइन् ।

जिल्ला भारोत्तोलन संघ सप्तरीको आयोजनामा सञ्चालित प्रतियोगितामा ७ वटै प्रदेशका साथै नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका गरी १ सय २० खेलाडीको सहभागिता रहेको थियो ।


प्रकाशित : चैत्र २, २०७७ १८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?