भारोत्तोलनमा प्रहरीको वर्चस्व- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारोत्तोलनमा प्रहरीको वर्चस्व

अवधेशकुमार झा

राजविराव — विभागीय टोली नेपाल प्रहरी सप्तरीको राजविराजमा सोमबार सम्पन्न भारोत्तोलनको राष्ट्रिय प्रतियोगितामा १४ स्वर्ण जित्दै वर्चस्व जमाएका छन् ।

भारोत्तोलनका राष्ट्रिय खेलाडी देवसुन्दर यादवको स्मृतिमा आयोजित प्रथम राष्ट्रिय महिला एवं पुरुष भारोत्तोलन प्रतियोगितामा १४ स्वर्ण जित्दै नेपाल प्रहरी प्रथम भएको हो ।

सात स्वण जित्दै बर्दिया दोश्रो तथा सामान ४/४ स्वर्ण जित्दै नेपाली सेना, कञ्चनपुर र आयोजक सप्तरी तेश्रो स्थान प्राप्त गरेको छ । प्रतियोगिता अन्तर्गत आइतबार मध्यरातिसम्म खेल भएको थियो ।

प्रतियोगिताको अन्तिम नतिजा सोमबार सार्वजनिक गरिएको छ । प्रतियोगितामा पुरुषतर्फ कञ्चनपुरका सुभास उपाध्याय ‘स्ट्रोङगेस्ट म्यान अफ द टुर्नामेन्ट’ तथा सोही जिल्लाका अशोकसिंह भण्डारी ‘राइजिङ प्लेयर म्यान अफ टुर्नामेन्ट’ घोषित भए । त्यस्तै महिलातर्फ नेपाल प्रहरीकी तारा पुन ‘स्ट्रोङगेस्ट वुमन अफ द टुर्नामेन्ट’ तथा सप्तरीकी सरिता यादव ‘राइजिङ प्लेयर वुमन अफ टुर्नामेन्ट’ घोषित भइन् ।

जिल्ला भारोत्तोलन संघ सप्तरीको आयोजनामा सञ्चालित प्रतियोगितामा ७ वटै प्रदेशका साथै नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका गरी १ सय २० खेलाडीको सहभागिता रहेको थियो ।


प्रकाशित : चैत्र २, २०७७ १८:३८
प्रतिक्रिया
पठाउनुहोस्

ओलीलाई नहटाए मुलुक ठूलो दुर्घटनामा फस्छ : पौडेल

अगन्धर तिवारी

पर्वत — कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थायी लोकतन्त्र र मुलुकको समृद्धि चाहने शक्तिहरु मिलेर केपी शर्मालाई नहटाए मुलुक ठूलो दुर्घटनामा फस्ने चेतावनी दिएका छन् ।

कुश्मामा आयोजित एक कार्यक्रममा पौडेलले संविधान र विधान लत्याउने ओलीले मुलुकलाई जतिसुकै बेला ठूलो भड्खालोमा हाल्नसक्ने चेतावनी दिए ।

पुस ५ गतेयता ओलीले संसद् र पार्टीभित्र चालेका हरेक कदमले उनको प्रवृत्ति छर्लङ्ग भएको पौडेलेको भनाइ थियो । अब पनि ओलीलाई सरकारमा टिकिरहन दिए बर्मामा भन्दा ठूलो दुर्घटना घट्ने पौडेलले बताए ।

‘हिजो संसद् विघटन हुनबाट जोगायौं । अब ओलीवादबाट बचाउन जरुरी छ,’ उनले भने, ‘संविधानमा मात्रै प्वाल पारेर नभएर अहिले आफ्नै पार्टी विधान जलाउने काम जसरी ओलीले गरेको छन् । भोलि देशको व्यवस्थामाथि नै ‘कु’ नगर्लान् भन्न सकिँदैन ।’ पार्टीको महाधिवेशनमा विजयी भएर जिम्मेवारी पाएका नेताहरुको अधिकार खोस्नेले मुलुकका विरुद्ध जस्तोसुकै कदम चाल्न पछि नपर्ने उनले बताए ।

देशमा संकट गहिरिएका बेला कांग्रेस सत्ताको जोडघटाउमा लाग्न नहुने उनको भनाइ छ । ‘कांग्रेस अहिले सत्ता चाहियो भनेर लाग्ने होइन,’ उनले भने, ‘पहिला ओलीलाई हटाउनुपर्‍यो । त्यसका लागि कुन पार्टीसँग मिल्नुपर्छ । कस्तो आन्दोलन गर्नुपर्छ । कांग्रेस तयार हुनुपर्छ । यो कुरा मैले सभापतिज्यूलाई पनि भनेको छु ।’

सभापति देउवा अहिले नै नेतृत्व लिन हतारिन नहुने भन्दै वरिष्ठ नेता पौडेलले सहज परिस्थिति आएमा कांग्रेसबाट नेतृत्व लिने व्यक्तिमा विवाद नरहेको स्पस्ट पारे । ‘पार्टी सभापति र संसदीय दलको नेता देउवाजी नै हो,’ उनले भने, ‘उहाँको विकल्प छैन ।’

प्रकाशित : चैत्र २, २०७७ १८:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×