रुपन्देही सुपरलिगको दुई दशकपछि वेस्टर्न क्रिकेट क्लबले पहिलोपटक उपाधि जितेको छ । रुपन्देहीमा सम्पन्न नेपाल टेलिकम रुपन्देही सुपर लिगमा शनिबार भएको फाइनल प्रतिस्पर्धामा होराईजन क्रिकेट क्लबलाई हराई उसले उपाधि चुमेको हो । टस जितेर फिल्डिङ रोजेको वेस्टर्नले होराईजन क्रिकेट क्लबलाई ६ विकेटले पराजित गरेको हो ।
सुरुका दिनमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानबारे गुनासो हुने गर्थ्यो । यस पिचले बलरलाई बढी मद्दत गर्छ । अहिले दिन फेरिएको छ । यो पिचले अचेल ब्याट्सम्यानलाई मद्दत गर्न थालेको छ । काठमाडौं मेयर कप क्रिकेटको लिग चरणमा त्रिभुवन आर्मी क्लब र वाग्मती प्रदेशबीचको खेलमा दुई शतक बन्नुले पनि यसलाई पुष्टि गर्छ ।
त्रिभुवन आर्मी क्लब स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ । शुक्रबार आर्मीले पेनाल्टी सुटआउटमा जावलाखेल युथ क्लबलाई ४–२ गोलले पराजित गरेको हो ।
विश्वकप छनोटका नेपालको बाँकी खेल सबै कुवेतमा हुने भएको छ । एसियाली फुटबल महासंघ (एएफपी) ले एसियाको विश्वकप छनोट समूह ‘बी’ का बाँकी सबै खेल एक स्थानका रूपमा कुवेतमा गर्ने शुक्रबार निर्णय गरेको हो ।
धरान उपमहानगरपालिकाले सहयोग नगरेको र प्रायोजकबाट पैसा उठ्न नसकेको भन्दै यसपटकको बूढासुब्बा टुबोर्ग गोल्डकप स्थगित गरिएको छ । ०५५ सालदेखि निरन्तर हुँदै आएको प्रतियोगिता २३औं संस्करणमा आएर स्थगित भएको हो ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७६ को पुछारमा रहँदै दोस्रो श्रेणीमा घटुवा भएपछि सरस्वती क्लबका अध्यक्ष शिक्षित पराजुलीले भनेका थिए, ‘५० लाख बजेटले जोगिन्छ भन्ने लागेको थियो । तर, ७५ लाख खर्च हुँदा पनि रेलिगेसनमा पर्यौं ।’
लिभरपुलले आरबी लाइप्जिगको चुनौती समाप्त पार्दै बुधबार युरोपेली च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल यात्रा तय गरेको छ । बुडापेस्टमा भएका दोस्रो लेग २–० ले जितेको लिभरपुल समग्रमा ४–० ले अगाडि रह्यो । पहिलो लेगको नतिजा दोहोर्याउन लिभरपुलबाट मोहम्मद सलाह र साडियो मानेले चार मिनेट अन्तरमा दुई गोल गरे ।
नेपाली घरेलु क्रिकेटमा यो खेललाई पछिसम्म पनि दोहोर्याएर सम्झिइनेछ । यसको खास नतिजा के रह्यो भने दुवै प्रतिद्वन्द्वी टिम फाइनल पुग्न सकेनन् । काठमाडौं मेयर कप क्रिकेटमा बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा वाग्मती प्रदेश र आर्मी क्लब भिडेका थिए ।
आयोजक मकवानपुर–११ टोलीले स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । तेस्रो संस्करणको उपाधि रक्षा गर्ने अभियानमा रहेको आयोजकले हेटौंडा–१० वनविज्ञानको मैदानमा बिहीबार नव जनजागृति युवा क्लब सिमरालाई ४–१ गोलले पराजित गर्यो ।
युरोपा लिग अन्तिम १६ पहिलो लेगको बिहीबार भएको खेलमा म्यानचेस्टर युनाइटेड र एसी मिलानले १–१ को बराबरी खेलेका छन् । अमड डिएलोको गोलले म्यानचेस्टरले सुरुवाती अग्रता लिएको थियो ।