एभरटनमाथि चेल्सी हाबी

एजेन्सी

लन्डन — चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमबार एभरटनलाई घरेलु मैदानमा २–० ले हराएको छ । यससँगै टोली शीर्ष चारमा कायम रह्यो । चेल्सी यो जितपछि २८ खेलबाट ५० अंक बटुली चौथो स्थानमा छ ।

एभरटनमाथि चेल्सी हाबी

बेन गडफ्रेले आत्मघाती गोल गरेपछि चेल्सीका लागि जोरजिन्होले पेनाल्टीबाट दोस्रो गोल थपे ।

एभरटन भने ४६ अंकमा छैटौं स्थानमा झरेको छ । अर्को खेलमा वेस्ट ह्यामले लिड्स युनाइटेडलाई २–० ले हरायो । यो जितपछि वेस्ट ह्याम ४८ अंकसाथ पाँचौं स्थानमा उक्लिन सफल रह्यो । वेस्ट ह्यामले जेसी लिन्गार्डको गोलले अग्रता लिएपछि क्रेग डसनले दोस्रो गोल थपे ।

प्रकाशित : फाल्गुन २५, २०७७ ०६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?