१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

शीर्ष स्थानमा इन्टरको पकड अझ बलियो

एजेन्सी

मिलान — इन्टर मिलानले इटालियन सिरी ‘ए’को शीर्ष स्थानमा सोमबार आफ्नो पकड अझ बलियो बनाएको छ । यसका लागि उसले एटलान्टालाई १–० ले हरायो ।

शीर्ष स्थानमा इन्टरको पकड अझ बलियो

इन्टरका लागि मिलान स्क्रिनिरले दोस्रो हाफमा निर्णायक गोल गरे । यो जितपछि इन्टर शीर्ष स्थानमा ६ अंकले अगाडि रहन सफल रह्यो । इन्टरको अब २६ खेलबाट ६२ अंक भएको छ ।

एन्टोनियो कोन्टेको इन्टरले लिगका पछिल्ला सात खेल लगातार जितेको छ । यससँगै टोली सन् २०१० यता पहिलो लिग उपाधि जित्न सक्ने संघारमा पुगेको छ । एटलान्टा भने ४९ अंकमा सीमित रहेर पाँचौं स्थानमा रह्यो ।


प्रकाशित : फाल्गुन २५, २०७७ ०६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?