कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

रुपन्देही सुपर लिग : न्यु होराइजन सेमिफाइनलमा

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा लिग चरणका सम्पूर्ण खेल सकिएका छन् । खेल अन्तर्गत सोमबार भएको डिभिजन ‘ए’को समूह ‘सी’को खेलमा न्यु होराइजन क्रिकेट क्लबले तिलोत्तमा क्रिकेट क्लबलाई ७४ रनले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ ।

रुपन्देही सुपर लिग : न्यु होराइजन सेमिफाइनलमा

योसँगै सेमिफाइनल समीकरण पनि पूरा भएको छ । यसअघि वेस्टर्न क्रिकेट क्लब, बुद्ध क्रिकेट क्लब र लुम्बिनी खुकुरी क्रिकेट क्लब सेमिफाइनल पुगिसकेका छन् ।

सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको न्यु होराइजनले निर्धारित ५० ओभरमा अलआउट हुँदै १६७ रनको योगफल बनायो । उसका लागि मनिष थापाले ५०, अमर मिश्राले २३ र रुपेश बस्यालले २१ रन बनाए । बलिङमा तिलोत्तमाका कृष्णप्रसाद भुसालले ४, सन्देश जिसीले २ तथा यम क्षेत्री, विष्णु कटेरिया र कृष्ण पराजुलीले समान १/१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको तिलोत्तमाले २२.५ ओभरमा सबै विकेट गुमाउँदै ९३ रनमै समेटियो । उसका लागि भुवन गैरेले २३, मनोज सुनार र कृष्ण भुसालले १७/१७ रन बनाए । बलिङमा उसलाई रोक्न न्यु होराइजनका शक्तिप्रसाद गौचन, सुमित पराजुली, तुलाराम थापा र पुरुषोत्तम भट्टराईले समान २/२ तथा गोविन्द केसी र राहुल प्रजापतिले १/१ विकेट लिए । मनिष थापा म्यान अफ द म्याच भए ।

बुधबार पहिलो सेमिफाइनलमा न्यु होराइजन क्रिकेट क्लब र बुद्ध क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्तविक्रम मल्लले जनाकारी दिए ।

प्रकाशित : फाल्गुन २४, २०७७ १६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?