जोशी र अधिकारी सम्मानित

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल ओलम्पिक कमिटी (एनओसी) अन्तर्गतको वुमेन्स एन्ड स्पोर्टस कमिटीले अन्तर्राष्ट्रिय महिला दिवसको सोमबार विमला जोशी र भवानी अधिकारीलाई सम्मान गरेको छ ।

जोशी र अधिकारी सम्मानित

नेपाली खेलकुदमा पुर्‍याएको योगदानका लागि उनीहरूलाई सम्मान गरिएको हो । एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले १ सय ११ औं महिला दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा सम्मान गरे ।

सम्मानसँगै २५ हजार रुपैयाँ पनि प्रदान गरिएको थियो । विमला एथलेटिक्सकी पूर्व खेलाडी हुन् र उनी एक दशकभन्दा बढी समय मध्यम दूरीको दौडमा सक्रिय रहिन् । उनले सन् १९८७ मा भारतको कोलकातामा भएको तेस्रो दक्षिण एसियाली खेलकुदमा तीन हजार मिटर दौडमा कांस्य पदक जितेकी थिइन् ।

अधिकारीलाई भने कर्मचारी प्रशासनतर्फबाट सम्मान गरिएको हो । उनी तीन दशकदेखि राष्ट्रिय खेलकुद परिषदको कर्मचारीका रूपमा कार्यरत छिन् । कमिसनले यसअघि प्रत्येक दुई दुई वर्षमा प्रदान गर्दै आएको यो सम्मान अबदेखि प्रत्येक वर्ष प्रदान गर्ने निर्णय पनि गरेको छ । कमिसनले सन् २०१२ देखि महिला दिवसका रूपमा सम्मान गर्न सुरु गरेको हो ।

प्रकाशित : फाल्गुन २४, २०७७ १२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?