कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

विराटचोकलाई भेट्रान कप

कान्तिपुर संवाददाता

सुनसरी — इटहरीमा सम्पन्न प्रदेश १ स्तरीय भेट्रान कप फुटबलको उपाधि विराटचोक भेट्रान क्लबले जितेको छ । आयोजक हाम्रो इटहरी भेट्रान क्लबलाई ३–१ ले पराजित विराटचोकले उपाधि हात पारेको हो । 

इटहरी–५ पचरुखीस्थित जनता बहुमुखी क्याम्पसको मैदानमा सम्पन्न फाइनलमा आयोजक क्लबविरुद्ध विराटचोकका श्याम तामाङ र रमेश गुरुङले एक–एक गोल गरे भने अर्को एक गोल आत्मघाती गोल उपहार पाएको थियो । आयोजकका लीलाराम थापामगरले एक गोल गरे ।

विजेताले ५१ हजार र उपविजेताले ३१ हजार रुपैयाँ पुरस्कार पाए । उत्कृष्ट खेलाडी विराटचोका प्रवेश कटुवाल भए । उनले ५ हजार १ सय पाए । विराटचोकका श्यामकुमार तामाङ म्यान अफ द फाइनल र रमेश गुरुङ उत्कृष्ट फरवार्ड घोषित भए । उत्कृष्ट गोलरक्षक आयोजकका रूपक गुरुङ, उत्कृष्ट रक्षक सन्तोष बस्नेत, मिडफिल्डर निर्मल तामाङ र हाइस्कोरर लीलाराम मगर घोषित भए । सबैले जनही २ हजार १ सय रुपैयाँ पुरस्कार पाए । विजेतालाई इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष भीम पौडेल, एन्फा केन्द्रीय सदस्य दीपक राई, सुनसरी अध्यक्ष केशव कार्कीलगायतले पुरस्कृत गरे ।


प्रकाशित : फाल्गुन २४, २०७७ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?