३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

नरबहादुर बम्जन स्मृति फुटबलको उपाधि नमोबुद्धलाई

राजकुमार कार्की

सिन्धुली — सिन्धुलीमाडीमा भएको नरबहादुर बम्जन स्मृति कप खुला फुटबल प्रतियोगिताको उपाधि नमोबुद्ध युवा क्लब मरिणले जितेको छ । शनिबार भएको फाइनलमा टोलीले अमरज्योति युवा क्लब गोलन्जोरलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गरेको हो । 

नरबहादुर बम्जन स्मृति फुटबलको उपाधि नमोबुद्धलाई

उपाधिसँगै नमोबुद्धले नगद २ लाख १० हजार हात पारेको छ । निर्धारित समयमा गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

नमोबुद्ध युवा क्लबका अनिल थापामगरले उत्कृष्ट गोलरक्षक बन्दै ५ हजार नगद पुरस्कार पाए । प्रतियोगितामा ५ गोल गरेका भिमान क्लबका रितिकले सर्वाधिक गोलकर्ता खेलाडीको पुरस्कार पाए । उत्कृष्ट डिफेन्डरमा नमोबुद्ध क्लबका गौरव श्रेष्ठ ठहरिए । उपविजेता टिमले एक लाख नगद पुरस्कार पाएको छ ।

प्रकाशित : फाल्गुन २३, २०७७ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?