कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कृष्ण र पुष्पा बने खुला म्याराथनको च्याम्पियन

कान्तिपुर संवाददाता

काठमाडौँ — त्रिभुवन आर्मी क्लबका कृष्णबहादुर बस्नेतले शनिबार प्रधानसेनापति छैटौं खुला म्याराथन जितेका छन् । महिलातर्फ एपीएफकी पुष्पा भण्डारी हाफ म्याराथन च्याम्पियन बनिन् ।

सैनिक मुख्यालयमा भएको म्याराथनमा कृष्णले निर्धारित दूरी २ घण्टा २१ मिनेट ५९ सेकेन्डमा पूरा गरे । २ घण्टा २२ मिनेट २७ सेकेन्डसहित भारतीय सेनामा कार्यरत तीर्थबहादुर पुन दोस्रो भए । आर्मीका होमलाल श्रेष्ठले तेस्रो स्थान हात पारे । उनले २ घण्टा २३ मिनेट २२ सेकेन्डमा दूरी पूरा गरे । कृष्णले ३ लाख र १ थान मोटरसाइकल पुरस्कार हात पारे । तीर्थ र होमलालले क्रमशः २ लाख र १ लाख रुपैयाँ पुरस्कार पाए ।

हाफ म्याराथनमा पुरुषतर्फ आर्मीकै धावकको वर्चस्व रह्यो । १ घण्टा ६ मिनेट ३० सेकेन्डमा दूरी पूरा गरेर गजेन्द्र राईले उपाधि जित्दा दोस्रो भएका राजन रोकायले १ घण्टा ७ मिनेट ११ सेकेन्ड र तेस्रो भएका नरेन्द्र रावलले १ घण्टा ८ मिनेट ५४ सेकेन्डको टाइमिङ निकाले । उनीहरूले क्रमशः ७५, ५० र ३५ हजार रुपैयाँ पुरस्कार जिते । महिलातर्फ पुष्पाले उपाधि जित्दा १ घण्टा १७ मिनेट ३३ सेकेन्डमा लगाइन् । आर्मीकी विश्वरुपा बुढा दोस्रो तथा एपीएफकी बिन्द्रा धान्के श्रेष्ठ तेस्रो भए । उनीहरूले क्रमशः १ घण्टा २० मिनेट ९ सेकेन्ड र १ घण्टा २४ मिनेट ४६ सेकेन्डमा दूरी पूरा गरे ।

ढाका र नेपालगन्ज हाफ म्याराथनसमेत गरी वर्षको तेस्रो उपाधि जितेकी पुष्पाले एक थान स्कुटरसहित ७५ हजार रुपैयाँ पुरस्कार जितिन् । उनले आर्मीका पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीले स्थापना गरेको अक्षयकोषबाट थप २० हजार रुपैयाँ पाइन् । महिला हाफ म्याराथनमा दोस्रो र तेस्रो हुनेले क्रमशः ५० र ३५ हजार पुरस्कार जिते । भेट्रान हाफ म्याराथनमा धर्म महर्जन पहिलो भए । उनले १ घण्टा १४ मिनेट २९ सेकेन्डमा दूरी पूरा गरे । भीम गुरुङ र भीमसेन अवाले क्रमशः दोस्रो र तेस्रो भए । १० किलोमिटर दौडमा पुरुषतर्फ सुमन न्यौपाने र महिलातर्फ सरस्वती बोहरा पहिलो भए ।

प्रकाशित : फाल्गुन २३, २०७७ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?