ब्राइटनलाई हराएर लेस्टर दोस्रोमा

एजेन्सी

लन्डन — ड्यानिएल अमार्टीले खेलको अन्त्यतिर गरेको गोलमा लेस्टरले इंग्लिस प्रिमियर लिगमा शनिबार ब्राइटनलाई २–१ ले हराएर अंक तालिकको दोस्रो स्थानमा उक्लेको छ ।

ब्राइटनलाई हराएर लेस्टर दोस्रोमा

एक गोलले पछाडि रहेर खेलमा फर्कन सफल भएपछि लेस्टरको युरोपेली च्याम्पियन्स लिगमा छनोट हुने लक्ष्य पनि बलियो भएको छ । ब्राइटनले एडम ललानाको गोलले अग्रत लिएपछि केलेचीले बराबरी गोल फर्काएका थिए ।

यो जितपछि लेस्टरको २८ खेलबाट ५३ अंक भएको छ । जुन तेस्रो स्थानमा झरेको म्यानचेस्टर युनाइटेडमाथि दुई अंकको अग्रता हो । म्यानचेस्टरले एक खेल कम खेलेको छ ।

शनिबारकै अन्य खेलमा साउथह्याम्पटनले सेफिल्डलाई २–० ले हरायो भने एस्टन भिल्ला र उल्भ्सले गोलरहित बराबरी खेले । यसअघि बर्नली र आर्सनलले पनि १–१ को बराबरी खेलेका थिए ।


प्रकाशित : फाल्गुन २३, २०७७ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?