सनिल र सुस्मिता फाइनलमा

कान्तिपुर संवाददाता

काठमाडौँ — १३ औं सागका स्वर्ण विजेता ललितपुरका सनिल शाही शुक्रबार वीर गणेशमान सिंह स्मृति वाग्मती प्रदेशस्तरीय बक्सिङको फाइनल पुगेका छन् । पुरुष ६४ केजीमा सनिलले धादिङका पवन गुरुङलाई हराएका थिए । उनले फाइनलमा प्लाटिनमका अश्विनदेव श्रेष्ठसँग खेल्नेछन् । अश्विनले काभ्रेका भरत चन्दलाई हराए ।

सनिल र सुस्मिता फाइनलमा

महिला ४८ केजीमा नक्सालकी सुस्मिता तामाङले भक्तपुरकी अस्मिता दुवाललाई पराजित गरी फाइनल तय गरिन् । सुस्मिताले आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण जितेकी थिइन् । महिला ४८ केजीमा आरडीएसकी रमिशा श्रेष्ठले बोसिगाउँकी माया क्षत्रीलाई पराजित गर्दै सुस्मितासँगको भेट पक्का गरिन् । ५१ केजीमा बोसिगाउँकी हरिना ऐर र नक्सालकी रोशनी राई फाइनल पुगे ।

हरिनाले नुवाकोटकी प्रतिभा शाही र रोशनीले प्लाटिनमकी केनिका राईलाई हराए । ५४ केजीमा थानकोटकी सुशीला ब्लोन (तस्बिरमा निलो) ले आरडीएसकी सदीक्षा मगर र मेघदूतकी मन्दिरा पुतुवारले बक्समान्डुकी जस्मिन केसीलाई हराएर फाइनलमा स्थान बनाए । ५७ केजीमा नक्सालकी शिवानी श्रेष्ठ र रामेछापकी डोल्मा तामाङ फाइनल पुगे । ६० केजीमा रसुवाकी सजिता चौधरी र बक्समान्डुकी डिचेन शेर्पा फाइनलमा पुगे ।

प्रकाशित : फाल्गुन २२, २०७७ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?