प्रधानमन्त्री कप भलिबल : पुलिसको विजयी सुरुआत

रुपा गहतराज

नेपालगन्ज — सातौं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको पहिलो खेलमा नेपाल पुलिस क्लबले विजयी सुरुआत गरेको छ ।

साबिकको विजेता रहेको नेपाल पुलिस क्लबले होङ्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई पराजित गरी पहिलो खेलमा जित हासिल गरेको हो ।

शुक्रबारदेखि नेपालगन्जमा सुरु भएको प्रतियोगिताको पहिलो सेटमा २५– १९ ले नेपाल पुलिस क्लब र दोस्रो सेटमा २८ –१० मा होङ्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब अगाडि बढ्यो भने तेस्रो सेटमा २५–१९ ले पुलिस क्लबले आफ्नो अग्रता कायम राख्यो । चौथो सेटमा भएको निर्णायक खेलमा होङ्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब २५–१७ले अगाडि बढे पछि खेल पाँचौ सेटमा पुगेको थियो ।

पाँचौ सेटमा भएको खेलमा १५–८ले होङ्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई पछि पार्दै नेपाल पुलीस क्लब जित हात पार्न सफल भएको हो ।

प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, होङ्वान्जी न्यु डायमण्ड स्पोर्ट्स क्लब र स्थानीय टोली लुम्बिनी युनाइटेडको सहभागिता रहेको छ ।

विजेताले उपाधिसहित ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै दोस्रो हुने टोलीलाई २ लाख, तेस्रोलाई १ लाख र चौथो हुने टोलीलाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रकाशित : फाल्गुन २१, २०७७ १९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?