२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

भारत ८९ रनले अगाडि

एजेन्सी

अहमदाबाद — भारतले इंग्ल्यान्डविरुद्धको चौथो तथा अन्तिम टेस्टको दोस्रो दिन शुक्रबार ८९ रनको अग्रता लिएको छ । दिनको खेल समाप्त हुँदा भारतले सात विकेट गुमाएर २ सय ९४ रन बनाएको छ ।

भारत ८९ रनले अगाडि

घरेलु टिमका लागि वासिङ्गटन सुन्दर ६० र अक्षर पटेल ११ रन बनाएर खेलिरहेका छन् । उनीहरूले ३५ रनको साझेदारी गरिसकेका छन् । यसअघि ऋषव पन्तले १ सय १ रनको शतकीय प्रदर्शन गरेका थिए ।

ऋषवले वासिङ्गटनसँग मिलेर सातौं विकेटका लागि १ सय १३ रनको ठोस साझेदारी गरे । इंग्ल्यान्डका तर्फबाट जेम्स एन्डरसनले तीन विकेट लिएका छन् । टेस्टका पहिलो दिन इंग्ल्यान्ड २ सय ५ रन बनाएर अलआउट भएको थियो ।

प्रकाशित : फाल्गुन २१, २०७७ १८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?