कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

एनफिल्डमा लिभरपुलको लगातार हार

एजेन्सी

लन्डन — लिभरपुलले इंग्लिस प्रिमियर लिगमा बिहीबार चेल्सीसँग घरेलु मैदानमै १–० को हार बेहोरेको छ । डिफेन्डिङ च्याम्पियन एनफिल्डमा पराजित भएको यो लगातार पाँचौं हार हो ।

एनफिल्डमा लिभरपुलको लगातार हार

यो नतिजापछि लिभरपुलले शीर्ष चारमा स्थान बनाउन पनि संघर्ष गर्नुपर्ने भएको छ । पहिलो हाफको ४२ औं मिनेटमा मेसन माउन्टले गरेको उत्कृष्ट गोल नै खेलमा निर्णायक रह्यो ।

यो जितपछि चेल्सी ४७ अंकमा चौथो स्थानमा उक्लेको छ भने लिभरपुल ४३ अंकमा सातौं स्थानमा झरेको छ । बिहीबारकै अन्य खेलमा एभरटनले वेस्ट ब्रुम तथा टोटनहमले फुलहमलाई समान १–० ले हरायो ।

प्रकाशित : फाल्गुन २१, २०७७ ०७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?