२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

इन्टर ६ अंकले अगाडि

एजेन्सी

मिलान — एलेक्स सान्चेजको दुई गोलमा इन्टर मिलानले इटालीको सिरी ए मा बिहीबार पार्मालाई २–१ ले हराएको छ । यो जितपछि इन्टरले लिग तालिकाको शीर्ष स्थानमा ६ अंकको अग्रता लिएको छ ।

इन्टर ६ अंकले अगाडि

चिलीका फरवार्डले ५४ र ६२ औं मिनेटमा गोल गरे । दुवै गोलमा उनका लागि म्यानचेस्टर युनाइटेडका पूर्वसाथी खेलाडी रोमेलु लुकाकुले सहयोगी भूमिका खेले ।

पार्माका तर्फबाट हेरनानीले एक गोल फर्काए । इन्टरको यो लिगमा लगातार छैटौं जित हो । अब इन्टर दोस्रो स्थानमा रहेको एसी मिलानभन्दा ६ र तेस्रो स्थानको युभेन्टसभन्दा १० अंकले अगाडि रहन सफल भयो ।

प्रकाशित : फाल्गुन २१, २०७७ ०६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?