म्यानचेस्टर फेरि बराबरीमा रोकियो

एजेन्सी

लन्डन — इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड फेरि बराबरीमा रोकिएको छ । क्रिस्टल प्यालेसले बुधबारको खेलमा उसलाई गोलरहित बराबरीमा रोकेको हो ।

म्यानचेस्टर फेरि बराबरीमा रोकियो

म्यानचेस्टरले गोलरहित बराबरी खेलेको यो लगातार तेस्रोपटक हो । यो नतिजापछि म्यानचेस्टरलाई शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीसँगको दूरी छोट्याउने लक्ष्यमा पनि बाधा पुगेको छ ।

सिटी ६५ अंकसहित शीर्ष स्थानमा छ भने म्यानचेस्टरको ५१ अंक भएको छ । अंकतालिकाको तेस्रो स्थानमा रहेको लेस्टर सिटीले पनि अर्को खेलमा बर्नलीसँग १–१ को बराबरी खेल्यो ।

लेस्टरको ५० अंक भएको छ । सेफिल्ड युनाइटेडले भने एस्टन भिल्लालाई १–० ले हरायो ।

प्रकाशित : फाल्गुन २०, २०७७ ०६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?