२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

लुम्बिनी क्रिकेट क्लबलाई उपाधि

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको तिलोत्तमामा सम्पन्न प्रथम सुनिल ढुंगाना स्मृति खुला टि १० नकआउट क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी क्रिकेट क्लबले जितेको छ । बुधबार भएको फाइनल खेलमा आरआर चिलिया क्रिकेट क्लब ५४ रनमै समेटिएपछि लुम्बिनीले जित निकालेको हो । 

लुम्बिनी क्रिकेट क्लबलाई उपाधि

लुम्बिनीका अनुभवी बलरका अगाडि चिलियाका ब्याट्सम्यान निरिह बने । उपाधिसँगै लुम्बिनीले नगद १ लाख रुपैयाँ साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै, उपविजेता बनेको आरआर चिलियाले ५० हजार नगद पुरस्कारसहित कप, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

फाइनलमा पहिले ब्याटिङ गरेको लुम्बिनीले निधारित १० ओभरको खेलमा १ सय २५ रनको योगफल तयार गर्‍यो । उसका लागि जाबेद अलीले सर्वाधिक ७२ रनको योगदान गरे । १ सय २६ रनको लक्ष्य पछ्याएको चिलिया ५४ रनमै समेटिएपछि लुम्बिनीले सानदार जित दर्ता गराएको हो ।

प्रतियोगितामा टिमलाई ७२ रनको योगदान गर्ने लुम्बिनीका जाबेद अलि म्यान अफ द म्याच बने । प्रतियोगिता म्यान अफ द सिरिजको उपाधि जितेका आरआर चिलियाका बासी अहमदले नगद १० हजार र बेष्ट बलर बनेका तिलोत्तमा क्रिकेट एकेडेमीका श्याम खरेलले नगद ५ हजार पुरस्कार प्राप्त गरे ।

प्रकाशित : फाल्गुन १९, २०७७ १८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?