इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी १५ अंकले अगाडि

एजेन्सी

लन्डन — म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा १५ अंकको अग्रता बनाएको छ। सिटीले बुधबार उल्भ्सलाई ४–१ ले हराएको छ । यो जितसहित सिटीको २७ खेलबाट ६५ अंक भएको छ ।

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी १५ अंकले अगाडि

सबैखाले प्रतियोगितामा सिटीको यो लगातार २१ औं जित हो र उसले डिसेम्बरयता लिगमा अधिकतम अंक जित्न सफल रहेको छ । उल्भ्सविरुद्ध भने सिटीले अन्तिम १० मिनेटमा तीन गोल गरेको थियो ।

खेल १–१ को बराबरी रहेको स्थितिमा ग्याब्रिएल जेससले दुई तथा रियाद मेहरेजले एक गोल गरे ।

प्रकाशित : फाल्गुन १९, २०७७ ०६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?