कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

चौथो बुटवल खुला टेनिस : उपाधि रितिक र प्रेरणालाई

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीमा सम्पन्न चौथो खुला लन टेनिस प्रतियोगिताको उपाधि बुटवलका रितिक रानाले चुमेका छन् । मंगलबार भएको रोमाञ्चक फाइनलमा सन्तोष खत्रीलाई ६–३, ७–५ को सोझो सेटमा पराजित गर्दै रानाले उपाधि चुमेका हुन् ।

चौथो बुटवल खुला टेनिस : उपाधि रितिक र प्रेरणालाई

यसैगरि महिला सिंगलको उपाधि प्रेरणा कोइरालाले जितिन् । उनले फाइनलमा अभिलाषा विष्टलाई ६–३, ६–१ को सेटमा जित निकाल्दै हात पारिन् । यसैगरि ३५ प्लसमा कमल भण्डारीले सन्जय प्रकाश श्रेष्ठलाई ६–२, ६–० को सेटमा पराजित गर्दै जित निकाले । बुटवलका श्रेष्ठ पहिलोपटक फाइनल पुगेका हुन् ।

त्यस्तै ४५ प्लसमा चन्द्र शाहीले धर्म लामिछानेलाई ६–४,६–३ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारे । ५५ प्लसतर्फ भने हिमाल शाहले मनोज राणालाई ६–७, ६–२, १०–२ को सेटमा हराए ।

विजेता खेलाडीलाई एक समारोहका बीच नेपाल टेनिस संघका केन्द्रीय अध्यक्ष ज्योति राणा, बुटवल उपमहानगरपालिका–११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्री, नेपाल टेनिस संघका केन्द्रीय उपाध्यक्ष राजु श्रेष्ठ, मन जयकार टेनिस एकेडेमीका अध्यक्ष मनोज राणा लगायतले पुरस्कार वितरण गरे । लन टेनिस खेलमा महत्वपूर्ण योगदान दिएका प्रमुख प्रशिक्षक कृष्णराज घलेलाई नगद १८ हजार रुपैयाँसहित सम्मान गरिएको छ ।

प्रकाशित : फाल्गुन १८, २०७७ १५:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?