रियल बराबरीमा रोकियो

एजेन्सी

म्याड्रिड — रियल म्याड्रिड स्पेनी ला लिगामा सोमबार रियल सोसिडाडसँग १–१ को बराबरीमा रोकिएको छ । भिनिसियस जुनियरले रियलका लागि आफ्नो सयौं खेल खेल्दै अन्त्यतिर बराबरी गोल फर्काए ।

रियल बराबरीमा रोकियो

सोसिडाडले पोर्टुको गोलले अग्रता लिएको थियो । खेल सकिन एक मिनेट अगाडि गोल गर्दै जुनियरले जिनेदिन जिदानको टिमलाई एक अंक दिलाए । यो खेलपछि रियलको २५ खेलबाट ५३ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

बार्सिलोना समान अंकमा दोस्रो स्थानमा छ । एटलेटिको म्याड्रिड भने २४ खेलबाट ५८ अंकसहित शीर्ष स्थानमा कायम रहेको छ ।

प्रकाशित : फाल्गुन १८, २०७७ ०६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?