कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

काठमाडौं मेयर टिमको घोषणा

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं मेयर कप वान डे क्रिकेटका लागि सोमबार काठमाडौं मेयर ११ टिम घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले घोषणा गरेको टिम १५ सदस्यीय रहेको छ ।

टिममा परेका खेलाडीमा सिद्धान्त लोहनी, विवेक यादव, अर्जुन कुमाल, सौरभ खनाल, विक्रम भुसाल, अनुज चुनारा, रविन्द्रजंग शाही, नारायण जोशी, हरिशंकर शाह, विपिन खत्री, कृष्ण कार्की, अनिल खरेल, सन्दीप रजाली, विपिन रावल र कदमबहादुर बोहरा छन् ।

फागुन २२ बाट सुरु हुने प्रतियोगिताका लागि घोषित यस टिम प्रदेश १ र २ तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका खेलाडी समेटेर बनाइएको छ ।

प्रतियोगितामा पाँच टिमको सहभागिता रहने छ र त्यसमा प्रधानमन्त्रीकपको सेमिफाइनल पुगेका चार टिम आर्मी, एपीएफ, पुलिस र वाग्मती प्रदेश पनि रहेका छन् ।

प्रकाशित : फाल्गुन १७, २०७७ १७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?