एटलेटिकोलाई पाँच अंकको अग्रता- खेलकुद - कान्तिपुर समाचार

एटलेटिकोलाई पाँच अंकको अग्रता

एजेन्सी

म्याड्रिड — एटलेटिको म्याड्रिडले आइतबार  भिल्ला रियललाई २-० ले हराउँदै स्पेनी ला लिगामा ५ अंकको अग्रता बनाएको छ । त्यसमा एल्फान्सो पेडरजले एक आत्मघाती गोल गरे ।

अर्को जोल जाओ फेलिक्सले गरे । सन् २०१३–२०१४ यता पहिलो लिग उपाधि जित्ने अभियानमा रहेको एटलेटिको यो जितपछि अझ मजबुत भएको छ । उसको २४ खेलबाट ५८ अंक भएको छ ।

आइतबारका अन्य खेलमा रियल बेटिसले काडिजलाई १–० र ग्रेनेडाले एल्चेलाई २–१ ले हरायो । सेल्टा भिगो र रियल भालाडोलिडले भने १–१ को बराबरी खेले ।

प्रकाशित : फाल्गुन १७, २०७७ ०७:०४
प्रतिक्रिया
पठाउनुहोस्

दुई मिलान क्लब चार अंकको दूरीमा

एजेन्सी

मिलान — इन्टर मिलानले इटालीको सिरी ए को शीर्ष स्थानमा आफ्नो चार अंकको अग्रता कायम राख्न आइतबार जेनोआलाई ३–० ले हराएको छ । त्यसमा रोमेलु लुकाकु, माटेओ डारमिन र एलेक्स सान्चेजले गोल गरे ।

अर्को खेलमा एसी मिलानले रोमालाई २–१ ले हरायो । इन्टरको ५६ अंक छ भने मिलानको ५२ अंक भएको छ । मिलानले फ्रान्क केसीको गोलले अग्रता लिएयता रोमाका तर्फबाट जोर्डन भेरेटटले बराबरी गोल फर्काए ।

दोस्रो हाफमा एन्टे रेबिचले निर्णायक गोल गरे । आइतबारका अन्य खेलमा चौथो स्थानमा उक्लनका लागि एटलान्टाले साम्पडोरियालाई २–० ले हरायो । यस्तै नेपोलीले बेनेभेन्टोलाई २–० ले पराजित गर्न गर्‍यो ।

प्रकाशित : फाल्गुन १७, २०७७ ०६:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×