दुई मिलान क्लब चार अंकको दूरीमा

एजेन्सी

मिलान — इन्टर मिलानले इटालीको सिरी ए को शीर्ष स्थानमा आफ्नो चार अंकको अग्रता कायम राख्न आइतबार जेनोआलाई ३–० ले हराएको छ । त्यसमा रोमेलु लुकाकु, माटेओ डारमिन र एलेक्स सान्चेजले गोल गरे ।

दुई मिलान क्लब चार अंकको दूरीमा

अर्को खेलमा एसी मिलानले रोमालाई २–१ ले हरायो । इन्टरको ५६ अंक छ भने मिलानको ५२ अंक भएको छ । मिलानले फ्रान्क केसीको गोलले अग्रता लिएयता रोमाका तर्फबाट जोर्डन भेरेटटले बराबरी गोल फर्काए ।

दोस्रो हाफमा एन्टे रेबिचले निर्णायक गोल गरे । आइतबारका अन्य खेलमा चौथो स्थानमा उक्लनका लागि एटलान्टाले साम्पडोरियालाई २–० ले हरायो । यस्तै नेपोलीले बेनेभेन्टोलाई २–० ले पराजित गर्न गर्‍यो ।

प्रकाशित : फाल्गुन १७, २०७७ ०६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?