२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

मेसी चम्केपछि बार्सिलोना शीर्ष दुईमा

एजेन्सी

म्याड्रिड — लियोनल मेसीले एक गोल गर्दै अर्को गोलको अवसर सिर्जना गरेपछि बार्सिलोनाले शनिबार स्पेनी ला लिगामा सेभियालाई २–० ले हराएको छ । यो जितपछि बार्सिलोना दोस्रो स्थानमा उक्लँदै शीर्ष स्थानमा रहेको एटलेटिको म्याड्रिडसँगको दूरी दुई अंकमा छोट्याउन सफल रह्यो । 

मेसी चम्केपछि बार्सिलोना शीर्ष दुईमा

मेसीको पासमा ओसमन डेम्बेलेले २९औं मिनेटमा पहिलो गोल गरे । खेल सकिन पाँच मिनेटअगाडि मेसी आफैंले दोस्रो गोल गरे । बार्सिलोनाको २५ खेलबाट ५३ अंक भएको छ । एट्लेटिकोको दुई खेल कम खेलेर पनि ५५ अंक छ । शनिबारका अन्य खेलमा गेटाफेले भ्यालेन्सियालाई ३–० र ओसासुनाले एलाभेसलाई १ –० ले हराए । आइबर र हुएस्काबीचको खेल १–१ को बराबरीमा रह्यो ।

प्रकाशित : फाल्गुन १६, २०७७ ०६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?