कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

रुपन्देही सुपर लिग : बुटवल–११ विजयी

बुटवल राइनोज डिभिजन ‘बी’ मा घटुवा
सन्जु पौडेल

तिलोत्तमा — बुटवल राइनोज रुपन्देहीमा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको डिभिजन ‘ए’को खेलमा हार्दै डिभिजन ‘बी’ मा घटुवा धएको छ । राइनोजलाई बुटवल–११ ले १ सय १४ को फराकिलो रन अन्तरले जित निकालेको छ ।

रुपन्देही सुपर लिग : बुटवल–११ विजयी

टस हारेर ब्याटिङको निम्तो पाएको बुटवल–११ ले निर्धारित ५० ओभरमा ३२.१ ओभर खेल्दै सबै विकेट गुमाई १ सय ९९ रनको योगफल बनायो । उसका लागि ईशान पाण्डेले ८३ र प्रकाश केसीले ६५ रन बनाए । बलिङमा बुटवल राइनोजका सुगम गमालले ७.१ ओभरमा १ मेर्डन राख्दै ४३ रन खर्चेर ६ विकेट लिए । यस्तै, असलम अली र अरबिन्द सारुले समान २/२ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको बुटवल राइनोजले २५.४ ओभरमा सबै विकेट गुमाई ८५ रन मात्रै बनायो । उसका लागि सनित श्रेष्ठले १३, सुगम गमालले १२ र अब्दुल नसिमले ११ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । बलिङमा बुटवल–११ का ईशान पाण्डेले ३, तौसिफ आलम र एजाज आलमले २/२ तथा देवेन्द्र सोमरे र सुदन श्रेष्ठले समान १/१ विकेट लिए । इशान पाण्डे म्यान अफ द म्याच भए ।

अबको खेल फागुन १७ गते डिभिजन ‘ए’ का बुद्ध क्रिकेट क्लब र बुटवल–११ बीच हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्तविक्रम मल्लले बताए ।

प्रकाशित : फाल्गुन १४, २०७७ १७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?