१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

मेसीको दुई गोलमा बार्सिलोना विजयी

एजेन्सी

म्याड्रिड — लियोनल मेसीले दुई गोल गर्दा स्पेनी ला लिगामा बार्सिलोनाले बुधबार एल्चेलाई  ३–० ले हराएको छ । यससँगै बार्सिलोनाले शीर्ष स्थानमा रहेको एटलेटिको म्याड्रिडसँगको दूरी पाँच अंकमा छोट्यायो ।

मेसीको दुई गोलमा बार्सिलोना विजयी

४८औं मिनेटमा पहिलो गोल गरेका अर्जेन्टिनी फरवार्डले ६८ औं मिनेटमा दोस्रो गोल थपे । ७३औं मिनेटमा जोर्डी अल्बाले तेस्रो गोल गरे । यी दुई गोलसँगै मेसीले यो सिजन लिगमा गरेको गोल संख्या १८ पुगेको छ । उनी सर्वाधिक गोल गर्ने खेलाडी सूचीको शीर्षस्थानमा छन् ।

प्रकाशित : फाल्गुन १३, २०७७ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?