१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

घरबाहिर बायर्न र चेल्सी विजयी

एजेन्सी

लन्डन — डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिकले युरोपेली च्याम्पियन्स लिग अन्तिम १६ पहिलो लेगमा मंगलबार लाजियोलाई रोममा सजिलै ४–१ ले हराएको छ ।

घरबाहिर बायर्न र चेल्सी विजयी

बायर्नका लागि गोल गर्दै १७ वर्षीय जमल मुसिला च्याम्पियन्स लिगमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी पनि बने ।

बायर्नको जितमा रोबर्ट लेवनडोस्कीले गोलको खाता खोले र प्रतियोगितामा आफ्नो गोल संख्यालाई ७२ पुर्‍याए । यससँगै उनी राउललाई उछिनेर प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडी सूचीको तेस्रो स्थानमा पुगेका छन् ।

बायर्नका लागि लेरोयले तेस्रो गोल थपे भने अर्को गोल आत्मघाती रह्यो । लजियोका तर्फबाट जोएक्विन कोरेराले एक गोल फर्काए । तर बायर्न क्वाटरफाइनल प्रवेशका लागि निकै बलियो प्रत्यासी भएको छ ।

यस्तै अर्को खेलमा चेल्सीले एटलेटिको म्याड्रिडलाई १–० ले पराजित गर्‍यो । बुखारेस्टमा भएको खेलमा भने चेल्सी ओलिभर जिरोडको गोलले विजयी रहेको हो । यसका लागि उनले ‘ओभर हेड किक’ मार्फत आकर्षक गोल गरे । यो जितपछि चेल्सीले पनि क्वाटरफाइनल प्रवेशको सम्भावनालाई बलियो बनाएको छ ।

चेल्सीको व्यवस्थापकमा थोमस टुचेल आएयता क्लबले आफ्नो अपराजित यात्रा कायम राखेको छ । उनी आएयता चेल्सी आठ खेलमा अपराजित रहेको छ ।

प्रकाशित : फाल्गुन १२, २०७७ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?