२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

रुपन्देही सुपर लिग : डिभिजन ‘ए’ को पहिलो खेलमा एमसीसी क्रिकेट क्लब विजयी

सन्जु पौडेल

तिलोत्तमा — नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबारबाट सुरु भएको डिभिजन ‘ए’को खेलमा एमसीसी क्लबले विजयी सुरुवात गरेको छ ।

रुपन्देही सुपर लिग : डिभिजन ‘ए’ को पहिलो खेलमा एमसीसी क्रिकेट क्लब विजयी

एमसीसीले सैनामैना क्रिकेट क्लबलाई १०८ रनको भारी अन्तरले पराजित गरेको हो । सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङमा आएको एमसीसीले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा १९२ रनको योगफल बनायो । उसका लागि प्रियांशु श्रेष्ठले ५६, विशाल मौर्यले ४१, मोहम्मद हुसेनले २०, सुशान्त थापाले १८ र रोशनलाल गुप्ताले १३ रन बनाए । बलिङमा सैनामैनाका सुनिल पौडेलले ३, विशाल भुसालले २ तथा उदय पन्त, कृष्ण गिरी र बसन्त खड्काले समान १/१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको सैनामैना २७.५ ओभरमा अलआउट हुँदै जम्मा ८४ रन मात्रै जोड्न सक्यो । उसका लागि मनिष क्षेत्रीले २५ र सुनिल पौडेलले नटआउट १६ रन बनाए । उसलाई सस्तैमा रोक्न बलिङमा एमसीसीका सन्तोष यादवले ४ विकेट लिए । उनी म्यान अफ द म्याच समेत भए । यस्तै, मोहम्मद हुसेन र रमेश कुर्मीले २/२ तथा रोशनलाल गुप्ता र विशाल मौर्यले समान १/१ विकेट लिए ।

बुधबार डिभिजन ‘ए’ का बुद्ध क्रिकेट क्लब र बुटवल राइनोजबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जानकारी दिए ।

प्रकाशित : फाल्गुन ११, २०७७ १८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?