अन्तिम क्षणमा प्यालेसको जित

एजेन्सी

लन्डन — क्रिस्टियन बेनटेकले खेल सकिनु केही क्षणअगाडि मात्र गरेको गोलमा क्रिस्टल प्यालेसले इङ्लिस प्रिमियर लिगमा सोमबार ब्राइटनलाई २–१ ले पराजित गरेको छ । घरेलु मैदानमा अधिकांश समय खेल आफ्नो नियन्त्रणमा राखेर पनि ब्राइटन पराजित भएको हो ।

अन्तिम क्षणमा प्यालेसको जित

जियान फिलिपको गोलमा प्यालेसले अग्रता लिएपछि ब्राइटनका लागि जोएल भाल्टमनले बराबरी गोल फर्काए । तर बेनटेकले इन्ज्युरी समयको पाँचौं मिनेटमा गोल गरे । यो जितपछि प्यालेस ३२ अंकसहित १३औं स्थानमा उक्लेको छ । ब्राइटन भने २६ अंकसाथ १६औं स्थानमा छ ।

प्रकाशित : फाल्गुन ११, २०७७ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?