फागुन अन्तिम साताबाट सहिद स्मृति राष्ट्रिय फुटबल

सुवास विडारी

मकवानपुर — तेस्रो संस्करणको सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७७ फागुन अन्तिम साताबाट हेटौंडामा सञ्चालन हुने भएको छ ।

जिल्लाका दशवटा स्थानीय तहको सहयोगमा मकवानपुर जिल्ला फुटबल संघद्वारा आयोजित प्रतियोगितामा देशभरका चर्चित १० वटा क्लबको सहभागिता रहनेछ ।

फागुन २७ गतेदेखि चैत ७ गतेसम्म हेटौंडा–१० स्थित वन विज्ञान खेल मैदानमा हुने प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने संघ अध्यक्ष टिकाराम लामाले जानकारी दिए ।

प्रतियोगिताको सर्वोतकृष्ट खेलाडीलाई नगद ५० हजार रुपैयाँ, विधागतरुपमा उत्कृष्ट हुने गोलरक्षक, डिफेन्डर, मिडफिल्ड, फरवार्ड तथा प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रत्येक खेलको म्यान अफ दी म्याचलाई नगद पाँच हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित : फाल्गुन १०, २०७७ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?