कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

डर्बी खेलमा इन्टर विजयी

एजेन्सी

मिलान — लउटारो मार्टिनेजले गरेको दुई गोलमा इन्टर मिलानले सिरी ‘ए’ मा आइतबार एसी मिलानमाथि ३–० को जित निकालेको छ । यससँगै टोलीले शीर्ष स्थानमा चार अंकको अग्रता खोलेको छ ।

डर्बी खेलमा इन्टर विजयी

इन्टरका लागि रोमेलु लुकाकुले पनि एक गोल गरे । अंकतालिकाको शीर्ष स्थानमा रहेका दुई मिलान क्लब एकआपसमा यो स्थितिमा भिडेको सन् २०११ यता यो पहिलोपल्ट हो ।

यो जितपछि इन्टरको ५३ अंक भएको छ । आइतबारकै अर्को खेलमा तेस्रो स्थानको रोमाले बेनेभेन्टोविरुद्ध गोलरहित बराबरी खेल्यो भने चौथो स्थानमा उक्लिन एटलान्टाले नेपोलीलाई ४–२ ले हरायो ।

प्रकाशित : फाल्गुन १०, २०७७ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?