कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

म्यानचेस्टर सिटीको लगातार १८औं जित

अंकतालिकाको दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडसँग १० अंकको अग्रता
एजेन्सी

लन्डन — म्यानचेस्टर सिटीले आइतबार लगातार १८औं जित निकालेको छ । इंग्लिस प्रिमियर लिगमा आर्सनललाई १–० ले पराजित गर्दै सिटीले लगातार १८औं जित हात पारेको हो ।

म्यानचेस्टर सिटीको लगातार १८औं जित

लिगमा १३ चरणका खेल बाँकी रहेको बेला सिटीले स्पष्ट १० अंकको अग्रता कायम राखेको छ । सिटीको जितमा एक मात्र गोल रहिम स्टर्लिङले खेलको दोस्रो मिनेटमै गरेका थिए ।

आइतबारको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले न्युकालस युनाइटेडलाई ३–१ ले हरायो । त्यसमा मार्कस रसफोर्ड, ड्यानिएल जेम्स र ब्रुनो फर्नान्डेजले गोल गरे ।

शीर्ष स्थानमा रहेको सिटीको ५९ अंक छ भने त्यसपछि युनाइटेड र लेस्टर समान ४९ अंकमा छन् । लेस्टरले यसअघि एस्टन भिल्लालाई २–१ ले पराजित गरेको थियो ।

प्रकाशित : फाल्गुन १०, २०७७ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?