३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

जोकोभिचले जिते नवौंपल्ट अस्ट्रेलियन ओपन

एएफपी

मेलबर्न — विश्व नम्बर १ खेलाडी नोभाक जोकोभिचले आइतबार कीर्तिमान नवौंपल्ट अस्ट्रेलियन ओपन जितेका छन् । यसका लागि उनले रुसी खेलाडी डानिल मेडभेडेभको चुनौतीलाई मेलबर्न पार्कमा समाप्त पारे ।

जोकोभिचले जिते नवौंपल्ट अस्ट्रेलियन ओपन

रड लेभर एरेनामा उपस्थिति ७ हजार ४ सय दर्शक अगाडि जोकोभिचले चौथो वरीयताका मेडभेडेभलाई सजिलै ७–५, ६–२ र ६–२ ले पराजित गरेका हुन् । यससँगै रुसी खेलाडीको लगातार २० खेलको जितक्रममा पनि पूर्णविराम लागेको छ ।

जोकोभिचले अस्ट्रेलियन ओपन जितेको यो लगातार तेस्रोपल्ट हो । यस्तै सर्बियाली खेलाडीले जितेको यो १८ औं ग्रान्ड स्लाम उपाधि पनि हो । अब उनी कीर्तिमानी २० ग्रान्ड स्लाम उपाधिबाट दुई सफलता मात्र टाढा छन् ।

उनका दुई प्रमुख प्रतिद्वन्द्वी रोजर फेडेरर र राफेल नाडालले समान २० ग्रान्ड स्लाम उपाधि जितेका छन् । मेडभेडेभ भने आफ्नो पहिलो ग्रान्ड स्लाम उपाधि जित्नबाट फेरि चुके ।

प्रकाशित : फाल्गुन ९, २०७७ १६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?